spot_img
spot_img
spot_img

समुद्रको १३ हजार फिट गहिराइमा वैज्ञानिकहरूले अक्सिजन बनिरहेको फेला पारे

spot_img

काठमाण्डौ ।

वैज्ञानिकहरूले समुद्र सतहभन्दा १३ हजार १०० सतहभन्दा १३ हजार १०० फिटको गहिराइमा अक्सिजन बनिरहेको तथ्य फेला पारेका छन् । उज्यालो नै नपुग्ने ठाउँमा अक्सिजन बनेको देखेर वैज्ञानिकहरू पनि छक्क परेका छन् । सेन्सर रिडिङले समुद्रको सो सतहमा अक्सिजन बनेको देखाएको थियो । सुरुमा त ती सेन्सर नै बिग्रिएर त्यस्तो देखायो होला भनेर सेन्सर बनाउने कम्पनीलाई सेन्सर फिर्ता दिइयो । तर कम्पनीले जाँच गर्दा हरेक पटक सेन्सरले राम्रोसँग काम गरिरहेको पाइयो ।

यसअघिका अध्ययनहरूमा गहिरा समुद्रको पिँधमा बस्ने जीवहरूले अक्सिजन खपत मात्रै गर्ने पाइएको थियो । तर अहिले समुद्र वैज्ञानिक एन्ड्रिउ स्वीटम्यानको अनुसन्धान समूहले यो धारणालाई चुनौती दिएका छन् । समुद्रमा फोटोसेन्थेसिस बिनै अक्सिजन उत्पादन भएको पाइएको छ । अँध्यारोमा अक्सिजन बनेकोले यसलाई ‘अँध्यारो’ अक्सिजनको नाम दिइएको छ । यो अध्ययनको प्रतिवेदन सोमबार नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भइसकेको छ । यसले समुद्रका गहिराइबारे कति धेरै कुरा अझै पनि मान्छेका लागि अज्ञात रहेछ भन्ने देखाउँछ ।

स्वीटम्यानले प्रशान्त महासागरमा ४ हजार माइलसम्म फैलिएको क्लेरिओन–क्लिपेर्टन क्षेत्रको कयौँ स्थानमा एक दशकसम्म बारम्बार यो घटना देखे । अक्सिजन ठ्याक्कै कसरी बनिरहेको छ भन्ने कुरा बुझ्न उनको टोलीले समुद्रको पिँधको लेउ, पानी र बहुधात्विक पिन्डको नमुना पनि प्रयोगशालामा ल्याएका  थिए । अँध्यारोमा अक्सिजन कसरी उत्पादन हुन्छ र यसले समुद्रको पिँधको पर्यावरणमा कस्तो भूमिका खेल्छ भन्नेबारे कयौँ प्रश्न अनुत्तरित छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img