रुपन्देही // प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बुटवल उपमहानगर इकाईद्वारा “योग र ध्यान विशेष एक दिवसीय अभ्यास वर्ग” सम्पन्न भएको छ । नगर अध्यक्ष मेघनाथ खनालको अध्यक्षता र बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।
संविधान दिवसको अवसर पारेर भएकाे उक्त कार्यक्रममा बुटवलका क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा परिषद् का लुम्बिनी प्रदेश उपाध्यक्ष विकास श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो जसमा ५५ जना विद्यार्थीले योग तथा ध्यान विशेष प्रशिक्षण लिएका थिए ।
कार्यक्रमले योग र ध्यानको अभ्यास एवं ज्ञान अभिवृद्धि हुने, अध्ययनमा राम्रो प्रतिफल हासिल गर्न सकिने, व्यवहारिक कुराको सिकाई हुने कार्यक्रमकाे उद्येश्य रहेकाे संस्थाका अध्यक्ष खनालले बताउनुभयो ।
नगर सचिब गोबिन्द न्यौपानेकाे स्वागत र प्रदेश सदस्य भावना दर्लामीकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका सह-क्याम्पस प्रमुख बिष्णु जोशी , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिब एवं लुम्बिनी र कर्णाली प्रदेश संगठन सचिव बाबुराम मरासीनी, परिषद् कि लुम्बिनी प्रदेश सचिव तिर्सना खराल , परिषद्का लुम्बिनी प्रदेश व्यवस्था प्रमुख सुभेन्द्र प्रसाद यादव , राष्ट्रिय कला तथा साहित्य प्रमुख बद्री प्रसाद भट्टराईकाे लगायतकाे सहभागिता रहेकाे थियाे ।