spot_img
spot_img
spot_img

सुनौली–देवदह वैकल्पिक सडक निर्माणलाई प्राथमिकता दिने: उम्मेदवार दधिराम न्यापाने

spot_img

रुपन्देही । नेकपा एमालेले आगामी चुनाव पछी सुनौलीदेखि बसन्तपुर हुँदै धकधगी र देवदहसम्मको वैकल्पिक सडक निर्माणलाई प्राथमिकता काम सुरु गर्ने भएको छ । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार दधिराम न्यापानेले गाउँ–गाउँमा विकासको सुरुवात गर्ने लक्ष्यसहित वैकल्पिक सडक सञ्जाल विस्तार गरिने बताउनुभएको हो।

उहाँले बुटवल–भैरहवा–सुनौली मुख्य सडक अत्यधिक व्यस्त बन्दै गएको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा सुनौलीदेखि बसन्तपुर, धकधगी हुँदै देवदहको खैरेनीसम्म सडक स्तरोन्नति तथा विस्तारको काम अगाडि बढाइने जानकारी दिनुभयो। यसबाट यातायात सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधि समेत चलायमान हुने विश्वास व्यक्त गर्नुभयो।

आज रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ मा आयोजित चुनाबि भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानिय मतदाताहरु माझ बोल्दै न्यापानेले एमालेको जितले मात्र गाउँ–गाउँमा दिगो विकास सम्भव हुने दाबी गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। त्यसैगरी, ऐतिहासिक रोहिणी सभ्यताको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय क्षेत्र देवदह, पण्डितपुर लगायत धार्मिक तथा सांस्कृतिक स्थलहरूको समग्र विकासका लागि गुरुयोजना बनाएर काम गरिने उहाँको भनाइ छ। स्थानीय सम्भावनालाई उजागर गर्दै पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने समेत उहाले दाबि गर्नु भएको हो । उम्मेदवार न्यापानेले अब चुनावको दिन आउन धेरै दिन बाकी नरहेकाले समृद्ध रुपन्देही निर्माणका लागि जनताको साथ र समर्थन एमालेलाई आवश्यक रहेको बताउनु भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img