नागरिकता विधेयक विवाद : गठबन्धनले सार्‍यो दुई विकल्प

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेसँगै सत्ता गठबन्धन विकल्पको खोजी गर्न छलफलमा जुटेको छ । गठबन्धनले राष्ट्रपतिको कदमलाई “संवैधानिक व्यवस्थामाथिको प्रहार” भनि विज्ञप्ती नै निकालेर विरोध गरेको छ ।

गठबन्धनले राष्ट्रपतिको कदमपछि कानुनी विकल्पहरु के हुन सक्छन् भनि छलफल थालेको छ । बिहानको बैठकमा गठबन्धनले दुई विकल्पबारे छलफल गरेको एक नेताले बताए । उनका अनुसार प्रमाणीकरण नभएको विधेयक स्वतः प्रमाणीकरण भएको मान्दै राजपत्रमा प्रकाशित गर्ने वा सर्वोच्चमा राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर जाने भन्ने विकल्पमा छलफल भएको थियो ।

गठबन्धनले अघि सारेका दुई विकल्पबारे अहिले कानुनविद्हरुसँग छलफल हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्सँगको छलफल पछि आगामी कदमबारे निर्णय लिने तयारी गरेका छन् । गठबन्धनले प्रधानमन्त्री देउवालाई कानुनविद्सँग छलफल गर्न सुझाएको थियो ।

बिहानको छलफलमा अधिकांश नेताहरुले संवैधानिक व्यवस्थाअनुसार स्वतः प्रमाणीकरण भएको मान्दै राजपत्रमा प्रकाशित गर्नुपर्नेमा जोड दिएका थिए । तथापी उक्त कदमले ल्याउनसक्ने अवस्थाबारे सचेत रहनुपर्ने पनि कतिपयको धारणा थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.5K
खुसी
186
हासो
200
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here