spot_img
spot_img
spot_img

दुराडाँडा-बाख्रेजगत् जोड्ने कालोपत्रे सडकको शिलान्यास

spot_img

लमजुङ । संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय-अर्चल्यानी-दुराडाँडा-तुर्लुङकोट-पुरानकोट-बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् ।   शिलन्यासपछि बोल्दै मन्त्री  चौधरीले सडकको काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् ।

उनले भने,’हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ । कालोपत्रे गर्ने छौँ । यो सडक निर्माण सम्पन्न भएपछि यहाँका जनतालाई ठुलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ।’ सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए।  सडक स्तरोन्‍नतिको लागि अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे ।
संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छे«, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिम श्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होम स्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे ।

कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए । डीपिआर अनुसार  कुल ५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्‍ने बताइएको छ ।

त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि. मी. रहेको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1.2K
खुसी
222
हासो
97
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img