spot_img
spot_img
spot_img

अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु

spot_img

सल्यान- अरिंगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् ।

सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा अरिंगालले टोकेपछि उनिहहरुलाई उपचारका लागि श्रीनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो ।त्यहाँ सामान्य उपचारपछि कोहलपुर लैजादै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले सोभालाई भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको वताउनुभयो । यस्तै अरिंगालको टोकाइबाट गम्भिर भएका नविन वस्नेतको श्रीनगरमै उपचार भइरहको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img