spot_img
spot_img
spot_img

गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

spot_img

काठमाडौँ, । सर्वोच्च अदालतले रूपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेशमा भनिएको छ भने मुद्दामा आगामी कात्तिक २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

रूपेन्दही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गर्नुभएको थियो ।

गुरुङविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको उल्लेख गर्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img