spot_img
spot_img
spot_img

रुपन्देही १ (ख) मा एमाले–राप्रपा र जसपाको निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन तथा संयुक्त भेला सम्पन्न

spot_img

तिलोत्तमा । रुपन्देही क्षेत्र नं १ (ख) मा नेकपा एमाले–राप्रपा र जसपाको निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन तथा संयुक्त भेला सम्पन्न भएको छ। संयुक्त निर्वाचन प्रसार प्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै रुपन्देही क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार एवं पुर्व मन्त्री छविलाल विश्वकर्माले विकास,समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमाले–राप्रपा–जसपा तालमेल भएको बताएका छन् ।

सत्तामा रहेका दलहरु एमालेसंग एक्लै लड्न डराएर गठबन्धन गरेर देशलाई दिशाहीन बनाएपछि मुलुकलाई सही मार्गमा डोर्‍याउन एमालेले पनि तालमेल गरेको विश्वकर्माको भनाई छ। एमाले सचिव समेत रहेका विश्वकर्माले घनश्याम भुसालतर्फ संकेत गर्दै एकपटक टिकट नपाउंदैमा पार्टी छाड्ने र आफनै पार्टीको सरकारलाई गिराउनेसंग सांठगांठ गर्न जानेलाई जनताले चुनावमा उचित जवाफ दिने बताए । सत्ता स्वार्थका लागि आफनै पार्टीको सरकारलाई ढालेर २३ सिटको कांग्रेसलाई सत्ता सुम्पनेहरुबाट देश विकासको आशा गर्न नहुने बताए । उनले रुपन्देही १ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्रमा सत्ता गठबन्धन भन्दा करिब १५ हजार मतले एमाले–राप्रपा र जसपा गठबन्धन अगाडि रहेकाले शानदार जित निकाल्ने बताए।

रुपन्देही १ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले जनताको माग अनुसार आफूले अघि सारेका विकासका योजनाहरु पुरा गर्न उम्मेदवार बनेको बताए ।
नेता न्यौपानेले टोलटोलमा पुगेर मतदातालाई सचेत बनाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश १(क) का उम्मेदवार आशिषकुमार चौधरी, एमालेकी समानुपातिक उम्मेदवार जानकी न्यौपाने,जसपाका ब्यासमुन चौधरी लगायतले सत्ता गठबन्धनलाई चुनावमा परास्त नगरे देश बर्बादीको बाटोमा जाने बताए ।

१५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन
तीन दलको संयुक्त भेलाले नेकपा एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डे संयोजक र राप्रपाका टोफेल पठान सहसंयोजक र सुरेन्द्र श्री सचिव रहेको रहेको १५सय १५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ। यस्तै दुर्गाप्रसाद पाण्डेको संयोजकत्वमा आर्थिक,खेमराज गुरुङको संयोजकत्वमा युवा परिचालन,धनेश्वरी चौधरीको संयोजकत्वमा महिला,योगश पराजुलीको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी गठन भएको छ । रुपन्देही १ (ख) को निर्वाचन प्रचार प्रसार कार्यालय कोटिहवास्थित एमाले पार्टी कार्यालयमा रहने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img