spot_img
spot_img
spot_img

सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित प्रचार–प्रसारका लागि गरिने खर्चको अनुगमन गरिने

spot_img

१ कार्तिक, काठमाडौं ।

सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित प्रचारप्रसारलाई मेटामार्फत निर्वाचन आयोगले अनुगमन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार काठमाडौंमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित रई विभिन्न माध्यमबाट हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी गराएका छन । उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न नदिइने बताएका छन। निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनकै लागी भनेर मेटासँगको सहकार्य गरिएको उनले जानकारी गराएका हुन ।

“यसलाई एउटै भाषामा भन्ने हो भने नेपालको सन्दर्भमा सामाजिक सञ्जालबाट हुने असामाजिक र अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई हामीले उपयोगी, आवश्यक र मर्यादित बनाउनको निम्ति यो प्रक्रिया प्रारम्भ गरेका हौँ । जसले निर्वाचनको स्वच्छतालाई सामाजिक सञ्जालको प्रयोगबाट बिटुलिन नदिने एउटा वातावरण तयार गर्दछ भन्ने आयोगको विश्वास छ ।’ उनले भनेका छन। थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी राखी अनुगमन गर्ने र नियम उल्लंघन भएको पाईएमा कारवाही गर्ने जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img