spot_img
spot_img
spot_img

कांग्रेसले २६ वर्षसम्म गर्न नसकेको बिकास एमालेले ५ वर्षमा गरेर देखायो: छविलाल

spot_img

कार्तिक २ । राष्ट्रिय एकतालाई मजबुत बनाउदै राष्ट्रको संरक्षणको लागि तिन दल वीच चुनावी तालमेल भएको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीतिक दल रहने भएकोले मंसीर ४ गते हुने निर्वाचनको लागि एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल भएको बताउनु भयो ।

रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले संविधानमा महिलाहरुको अधिकार स्थापित गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपा निर्वाचन संयुक्त महिला भेलालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, को उत्तर दक्षिणलाई विकासको हिसावले जोड्नको लागि दशगञ्जाबाट काम शुरुवात गरेको दावी गर्नु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, मा नेपाली काग्रेसले पटक-पटक निर्वाचन जितेपनि विकास गर्न नसकेको बताउदै काग्रेसले २६ बर्षमा गर्न नसकेको विकास नेकपा एमालेले ५ बर्षमा गरेर देखाको दावी गर्नु भयो । नेता विश्वकर्माले धनश्याम भूषाल प्रति ईगित गर्दै एक पटक टिकट नपाउदैमा स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेईमानी भएको बताउनु भयो । उहाले तिन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अवका दिनमा वडा-टोलमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा १(१) का उम्मेदवार आशिषकुमार चौधरीले सुखी नेपाली, समृद्धि नेपाल निर्माणको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले अवका दिनमा तिनै दलका सम्पूर्ण शक्ति निर्वाचनमा लगाउनु पर्ने बताउनु भयो ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य जानकी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका सदस्य एवं संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा. कृष्णप्रसाद न्यौपाने, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मधु सिंह, एमाले प्रदेश कमिटी सदस्य रेवती घले, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माधव रिमाल, नेकपा एमालेका नेता जागेश्वरीदेवी चौधरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

संयुक्त महिला भेलाले जानकी न्यौपानेको संयोजकत्वमा ११ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा रेवती घले, विद्यालक्ष्मी गुरुङ्ग, जागेश्वरीदेवी चौधरी, निर्मला जिसी, उमा राना, टिका न्यौपाने, भगवती चौधरी, मधु सिंह रहनु भएको छ । यसैगरी क्षेत्र नम्वर १, प्रदेश सभा १(१) मा दिपा थापा संयोजक, लक्ष्मी पंगेनी सहसंयोजक रहेको ६५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी क्षेत्र नम्वर १(२) तर्फ धनीश्वरी चौधरी संयोजक, विजयलक्ष्मी राय सहसंयोजक रहेको ५२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपा थापाको स्वागत र एमालेका नेता विद्यालक्ष्मी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img