२ कार्तिक, कञ्चन ।
आज देशभरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आईरहेको हो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभरबाटै ५२ हजार स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ।
यसैबिच कञ्चन गाँउपालिकामा पनि आज ३२ सय अर्थात ८० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाईएको स्वाथ्य शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभएको छ । सामुदायिक महिला स्वास्थ स्वयंसेविकाद्वारा प्रत्येक टोलहरुमा केन्द्र कायम गरि ६ महिना देखि ५ बर्ससम्मकालाई भिटामिन ए र १ बर्सदेखि ५ बर्ससम्म लाई थप जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो । बाकी रहेकालाई भोलिपनि सोही ठाउँमा खुवाइने गौतमले बताउनुभयो । कञ्चनमा करिब ४ हजार बालबालिका रहेका छन ।
कञ्चनमा ८० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईयो
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??