spot_img
spot_img
spot_img

कञ्चन सहित देशभर आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

spot_img

३ कात्तिक, काठमाण्डौ ।

देशभरका बालबालिकाहरुलाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखी ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैछ छ भने एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आईरहेको हो ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभरबाटै ५२ हजार स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ।
यसैबिच कञ्चन गाँउपालिकामा हिजो ८० प्रतिशत अर्थात ३२ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औसधि खुवाईएको स्वाथ्य शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभएको छ । र बाँकी खान छुटेकाहरुलाई आज पनि खुवाईने गौतमले बताउनुभयो । सामुदायिक महिला स्वास्थ स्वयंसेविकाद्वारा प्रत्येक टोलहरुमा केन्द्र कायम गरि ६ महिना देखि ५ बर्षसम्म बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्ससम्म लाई थप जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो । कञ्चनमा करिब ४ हजार बालबालिका रहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img