३ कात्तिक, काठमाण्डौ ।
पश्चिम नवलपरासीमा अवैध चिनी लोड गरिएका दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको झण्डै ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित भैरहवा परासी सडकखण्डबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । चिनी हित दुई वटै ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??