spot_img
spot_img
spot_img

सन् २०२२ मा कार्बन डाइअक्साइड उत्सर्जनमा सामान्य वृद्धि हुने आईईएको अनुमान

spot_img

४ कात्तिक, एजेन्सी ।
सन् २०२२ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा ऊर्जा सङ्कटको असरबारे चिन्ता व्यक्त गरिए पनि जीवाश्म इन्धन दोहनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय ९आईईए० ले जनाएको छ । तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बन डाइअक्साइड सन् २०२२ मा ३३ अर्ब ८० करोड टन पुग्ने अनुमान छ । कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र उकास्नलाई गएको वर्ष अझ धेरै जीवाश्म इन्धनको प्रयोग भएको अनुमान गरिएको थियो । रुस–युक्रेन युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले यस वर्ष प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण कोइलाको मागमा केही वृद्धि भएको आईएले जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।
तर, अहिले विद्युतीय गाडीसहित नवीकरणीय प्रविधिको व्यापक प्रयोग हुन थालेको र यसले सन् २०२२ मा झण्डै एक अर्ब टनको जीवाश्म इन्धनको असर वृद्धिलाई रोक्ने अपेक्षा समेत गरिएको आईएका कार्यकारी निर्देशक फातिह बिरोलले बताउनुभयो । जीवाश्म इन्धन उत्सर्जनबाट विश्वको सबैभन्दा धेरै प्रदूषण गर्नेमध्येको एक चीनमा सन् २०२२ मा उत्सर्जन धेरै हदसम्म स्थिर रहने अनुमान छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पेरिस सम्झौताको तापक्रम मापन लक्ष्य हासिल गर्न हरितगृह ग्यास उत्सर्जन आधा घटाउनुपर्ने बताएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img