४ कात्तिक, अर्घाखाँची ।
अर्घाखाँचीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । जिल्लाको भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा फेला परेका साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको हत गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए। घर फर्किँदै गर्दा बाटैमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
6