४ कात्तिक , काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकसँग आज चार घण्टा टेलिफोन कुराकानी गरेका छन । केपी ओलीसँग कुराकानी गर्न भन्दै देशभरका दुई लाख नौ हजार एक सय १६ जना नागरिकले आफ्नो नाम टिपाएका थिए । तर उनी सबैजना सग भने कुराकानी गर्न सकेनन, आफुले सबैसँग कुरा गर्न नपाएको भन्दै यसलाई निरन्तरता दिने ओलीको भनाई छ । गत मङ्गलवार ओलीले फेसबुकमा आफ्नो एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफोन कुराकानी गर्ने जनाएका थिए । सोही पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नागरिकसँग टेलिफोनमा कुराकानी गरेका हुन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??