५ कार्तिक, गैडहवा ।
रूपन्देही क्षेत्र ५ मा सयुक़्त वाम लोकतान्त्रिक गठवन्धन दलको बृहत् कार्यकर्ता भेला गैडहवा ६ स्थित सिद्धार्थ रिसोर्ट सुर्यपुरामा बसेको छ । भेलाले नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पुर्व वन राज्यमन्त्री मोहमद वकिल मुसलमानको संयोजकत्वमा ५ हजार ५ सय ५५ सदस्यिय चुनाव प्रचारप्रसार परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा नेपाली कांग्रेसका बिष्णु पोख्रेल रहेका छन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ का सभापतिवसिउल्लाह मुसलमानको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी भरत कुमार शाह लोकतन्त्रको रक्षा गर्न वाम लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरुलाई जिताउनुपर्नेमा जोड दिएका छन ।
बहुमत प्राप्त नेकपा एमालेका अध्यक्ष केपी ओलीले संबिधानको मर्म विपरित गणतन्त्रलाई नै धरापमा पारेर संसद बिघटन पश्चात् नेपाली कांग्रेसले लोकतन्त्र र संबिधानको रक्षा गर्न सरकारको नेतृत्व गर्नु परेको उम्मेद्वार शाहले बताएका छन। यस्तै ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोहमद वकिल मुसलमानले जनताको बलिदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन गर्नु परेको र संविधान र गणतन्त्रको रक्षा गर्न पनि संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउनु पर्ने बिशिष्ट अतिथि रहेको बताएका थिए । करिब ३ सय जना उपस्थित रहेको उक्त भेलामा नेकपा माओवादी केन्द्रका चुनाव परिचालन ईन्चार्ज हिरा बहादुर रोकाहा अमरलाई चुनाव परिचालन समितिका सह संयोजकमा चयन समेत गरेको छ।