५ कार्तिक काठमाडौं ।
तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रशान कार्यालय कपिलवस्तुले आज एक विज्ञप्ती जारी गर्दै मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो। साथै टोलछिमेकमा जुवातास नखेल्न र पटाका नपड्काउन पनी आग्रह गरिएको छ । साथै बिस्पलोटक पदार्थको ओसारपोसार खरिदबिक्री आदी नगर्न पनि जारी सुचनामा भनिएको छ ।
यदी त्यस्तो पाईएमा मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??