६ कात्तिक, काठमाण्डौ ।
आज कागतिहार , बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको र काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलन समेत रहिआएको छ । काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??