spot_img
spot_img
spot_img

धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी आज लक्ष्मी पूजा मनाईदै

spot_img

७ कात्तिक, काठमाण्डौ ।
आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइँदैछ । बिहानै घरमा सफा सुग्घर पारी गाईको गोबरले लिपपोत गरेपछि दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । आज बेलुका लक्ष्मी पूजाका लागि चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाईन्छ र घरका झ्याल, ढोका, कोठा आदीमा दीपावली गरिन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान कसैलाई दिइ वा बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुकाबाट देउीभैलो समेत खेल्ने सुरु गरिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img