spot_img
spot_img
spot_img

भोलि सूर्यग्रहण लाग्दै, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

spot_img

७ कात्तिक , काठमाण्डौ ।

भोलि दिउँसो दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्दैछ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
सूर्यग्रहण नाङ्गो आँखाले नहेर्न पनि सोसाइटीका अध्यक्ष सुरेश भटराइले सुझाव दिनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।
कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउनुभयो । धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरुले बताएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img