spot_img
spot_img
spot_img

नेमकिपाको रुपन्देही क्षेत्र नं २ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना

spot_img

७ कार्तिक, बुटवल ।
नेपाल मजदुर किसान पार्टीले रुपन्देही क्षेत्र नं. २ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ । बुटवल उपमहानगर पालिका वडा नं. १२ तामनगरमा सम्पर्क कार्यालय स्थापना गर्दै नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष एवम् रुपन्देही क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिसुन्दर वासीले आम निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलनको शिलशिला भएको बताउनुभएको छ । मजदुर किसानको नेतृत्वमा देशभक्त प्रगतिशील बुद्धिजीवी तथा राष्ट्रिय पुँजीपति वर्ग सहभागी सरकार हुने जनताको प्रजातन्त्रको लागि नेमकिपाले संघर्ष गरिहेको उल्लेख गर्दै अध्यक्ष वासीले देशको सार्वभौमसत्ता र स्वाधिनता जोगाउन मादल चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । अध्यक्ष वासीले शासक दलहरुप्रति जनताको असन्तुष्टि , आक्रोश अनि इमानदार नेमकिपाका जनप्रतिनिधिहरुप्रतिको विश्वास र भरोसाको आधारमा नेमकिपाका उम्मेदवारहरु जित्ने संभावना बढेको दावी गर्नुभयो ।
नेमकिपा रुपन्देहीका सचिव एवम् रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिमलाल पाण्डेले निर्वाचनलाई वैचारिक लडाईंको रुपमा नै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । जातिय र क्षेत्रिय राजनीतिले देशलाई पर निर्भर बनाइरहेको र वर्तमान पुंजिवादी राज्य व्यबस्थाले सिप क्षमता, योग्यता, बिषय बिशेषज्ञतालाई भन्दा जात धर्म र क्षेत्रलाई प्राथमिकता दिइएकै कारण क्षमता भएपनि व्यक्तित्व बिकासमा समान अवसर नपाउदा राज्यको हरेक अंगहरुमा मजदुर किसानहरुको पहुँच पुग्न नसकेको उमेद्वार पाण्डेले उल्लेख गर्नुभयो। देशको सन्तुलित बिकास गर्न, व्यक्तित्व बिकासमा समान अवसर दिलाउन, देशको माटो अनुकुल बैज्ञानिक समाजवाद हुदै साम्यवादी व्यवस्थामा पुग्न र जमिन जोत्नेको सिद्धान्तको आधारमा देशमा बिधमान सुकुमवासी तथा अव्यबस्थित बसोबासीहरुको बर्षौं देखिको समस्या समाधान गर्न नेपाल मजदुर किसान पार्टीलाई जिताउन आजको अवस्यकता रहेको जिकिर गर्दै पार्टीका रुपन्देही सचिव समेत रहनु भएका रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिमलाल पाण्डेले चुनाव चिन्ह मादलमा मतदान गर्न आग्रह गर्नुभयो।
नेमाकिपा रुपन्देहीका सदस्य एवम् रुपन्देही क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सरु विकले महिलाहरुको श्रमशक्ति बढाउन हरेक वडा र टोलहरुमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । महिलाहरुमा भएको श्रमशक्तिलाई उत्पादनमा जोड्न हरेक टोलहरु र कार्यस्थलहरुमा शिसु स्याहार केन्द्र स्थापना गर्न नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा मतदान गर्नु पर्ने बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img