७ कात्तिक, काठमाण्डौ ।
चुनाव पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभएको छ । आज सोमवार दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना सन्देश राख्दै थपलियाले चुनावसिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्नेमा जोड दिनुभएको छ ।। मतदाताले कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरि निर्धक्क भएर मतदान गर्ने शक्ति य चाड पर्वबाट मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । चाडपर्वले पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाडपर्वलाई खर्चिलो र भड्किलो बन्न नदिनेमा आफु विश्वत रहेको उहाँले उल्लेख गर्नुभयो ।