spot_img
spot_img
spot_img

छाडा चौपायाबाट हुने दुर्घटना न्युनिकरणका लागि बुटवलमा युवाहरुको पहल सुरु

spot_img

बुटवल // प्राय सडकहरुमा गाई वस्तु लगायतका चौपायाहरुको अवरोधका कारण विभिन्न घटनाहरुको घटिरहेका हुन्छन । अझ रातीको समय बिच सडकमा बस्ने छाडा चौपायाहरुको कारण दुर्घटना भई कतिपयले ज्यान समेत गुमाउन परेको छ । यसैलाई मध्यनजर गर्दै तिहारको तेस्रो दिन आज गाई तिहारको अवसरमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल बुटवल वडा नं. ८ ले बुटवलको सुख्खानगरका सडक तथा सार्वजनिक स्थानहरुमा रहेका छाडा गाई वस्तुलाई रिफ्लेक्टिभ बेल्ट लगाइदिने काम गरेको छ ।

गाई तिहारको अवसर पारेर गाईको पुजा सँगसँगै सडकमा बेवारिसे अवस्थामा हिडडुल गरेका १०० वटा गाई वस्तुलाई यस प्रकारको बेल्ट लगाई दिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मेखबहादुर पुनले बताउनुभएको थियो ।

‘खास गरिकन रात्रीको समयमा गाई वस्तु सडकको बिचमा बसिदिने र स्पिडमा आएका सवारी साधनले नदेखेर सडक दुर्घटना धेरै भएको हुँदा हामीले यस्तो अभियानको सुरुवात गरेका हौं – अभियानकर्ता तथा प्रोग्रेशिभ इन्जिनियर एशोसियनका जिल्ला अध्यक्ष राजन पाण्डेले बताउनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img