८ कात्तिक, धनुषा ।
धनुषामा तिहारको लागी झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भइका उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??