spot_img
spot_img
spot_img

यो बाटो लुटेरा पनि हिड्छ सरकार पनि हिड्छ – नकुल पौडेल

spot_img

कहिलेकाहीँ मनमा यस्तो विचार पनि हिड्छ।
कहाँ नदी हिड्यो भन्दैमा किनार पनि हिड्छ ।

घर कसले लुटेको हो अझै यकिन भएको छैन,
यो बाटो लुटेरा पनि हिड्छ सरकार पनि हिड्छ।

जुनदिन देखि बच्चाले “आमा” लेख्न सिक्यो,
त्यो दिनदेखि बिद्यालय शनिबार पनि हिड्छ।

परदेशी कहिले हिड्ला भनेर दिन गन्दा गन्दै,
दशै पनि हिडिसक्यो अब तिहार पनि हिड्छ।

बस्ने भनेको हामीले छोडेको सम्झना मात्रै हो,
एकदिन म हिड्छु तिमी हिड्छौ संसार पनि हिड्छ।

नकुल पौडेल
देवदह, रुपन्देही

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img