१० कात्तिक , काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेै हरेक चाडपर्वको आफ्नै महत्व रहने भएकाले यिनको संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेको बताएका छन ।
आज भाईटिकाको दिन भाइटीका लगाएसंगै सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन । अध्यक्ष ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका छन । ओलीले बालकोटामा शुभ साइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरेका हुन ।। टिका ग्रहणपछिअध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??