१२ कात्तिक, झापा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय बढी सिट जित्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन्। समानुपातिकतर्फ भने ५० सिट ल्याएर एकल बहुमत पुर्याउने बताएका छन । ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौं।
तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो। अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौं र जित्छौं पनि।’ उनले भनेका छन । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवार छन्।