spot_img
spot_img
spot_img

दार्चुला बालक मृत्यु घटना : पीडितलाई १६ लाख क्षतिपूर्ति

spot_img

१३ कात्तिक, काठमाण्डौ ।

सडक निर्माणका क्रममा मृत्यु भएका नेपाली बालकको परिवारलार्ई भारतीय निर्माण कम्पनीले १६ लाख क्षतिपूर्ति दिएको छ। भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी गराएका छन । गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोट गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img