spot_img
spot_img
spot_img

युक्रेनका झन्डै ४० लाख मानिस लोडशेडिङको तालिका प्रयोग गर्दै

spot_img

१३ कात्तिक, एजेन्सी ।

रुसले विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका झन्डै ४० लाख मानिस प्रभावित भएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले नियमित सम्बोधनका क्रममा झन्डै ४० लाख मानिसले लोडशेडिङको तालिका प्रयोग गरिरहेका बताउनुभएको हो । लोडशेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ ।
केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो । रुसी सेनाले युक्रेनमा विद्युत केन्द्र र पूर्वाधारलाई निसाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
12

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img