१४ कार्तिक, रुपन्देही ।
रूपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गएको छ । हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा बिहान ५ बजे छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया ४ कै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने कार भने फरार रहेकोले खोजिकार्य भैइरहेको जनाईएको छ ।