१४ कात्तिक, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । उनलाई १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित गरेको सरकारी वकिलको कार्यालयले सोमवार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सन्दिपविरुद्ध गएको भदौ २१ गते १७ वर्षकी एक किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिईन । ा्ही आरोपमा उनलाई २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।