spot_img
spot_img
spot_img

सत्तारुढ गठबन्धनको पक्षमा रुपन्देही–५ मा दलित मुक्ति मोर्चाले अभियान सञ्चालन गर्दै

spot_img

१४ कात्तिक, रुपन्देही ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनका उम्मेदवारको समर्थनमा दलित मुक्ति मोर्चाले अभियान थालेको छ। नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न र गठबन्धनको पक्षमा उभिन समेत मोर्चाले आह्वान गरेको छ। मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भातृ संगठनहरुको संयुक्त कार्यक्रम सुरु गरेको नेपाल दलित मुक्ति मोर्चा सैनामैनाका अध्यक्ष धनबहादुर विकले बताएका छन।

रुपन्देही क्षेत्र नम्बर ५ (कर्) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विनोद पहाडीले रुपन्देहीको क्षेत्र नम्बर ५ को विकास र समन्यायिक विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन । पहाडीले आफू भुईँ तहबाटै संघर्ष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर आवाज विहिनहरुको आवाज बन्ने प्रतिबद्धता जनाएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img