रुपन्देहीको रोहिणीमा आजदेखि वृहत् खुला कुस्ती प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगिता कुस्ती खेलको संरक्षणका लागि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताएका छन ।
नेपाल र भारतका पहलमानको सहभागिता रहेको २ दिने खेलमा ३० जना भन्दा धेरै कुस्तीबाजको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्त्वनालाई १५ हजार १ सय २५ रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??