spot_img
spot_img
spot_img

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

spot_img

१५ कार्तिक, काठमाडौं।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो । आयोगले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभ लिएको भन्दै १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो । अन्तरिम आदेशसँगै सर्वोच्चले आयोगसँग लिखित जवाफ पनि मागेको छ ।
आयोगको निर्णयविरुद्ध कार्की समर्थकले सोमबार माइतीघरमा प्रर्दशन गरेका थिए । प्रदर्शनसँगै कार्की सर्वोच्च अदालतमा पुगेर आयोगको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img