spot_img
spot_img
spot_img

ब्राजिलमा पुनः मतदानको माग गर्दै समर्थकद्वारा प्रदर्शन

spot_img

१५ कार्तिक, ब्राजिल ।

ब्राजिलमा पुनः मतदानको माग गर्दै जायर बोल्सोनारो समर्थकद्वारा प्रदर्शन ब्राजिलका बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार नगर्दा अन्योल र अराजकता बढेको छ । राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणको सोमबार आएको मत परिणाममा बोल्सोनारो वामपन्थी नेता लुला डि सिल्भासँग झिनो मतले पराजित हुनु भएको थियो ।

तर बोल्सोनारोले अझैसम्म पराजय स्वीकार गर्नुभएको छैन् भने उहाँका समर्थकहरुले ब्राजिलका विभिन्न राज्यहरुमा सडक प्रदर्शन गर्ने र ठाउँठाउँमा अराजकता मच्चाउने कामगरिरहेका छन् । यसअघि दुई पटक राष्ट्रपति भईसक्नुभएका लुलाले ५० दशमलव ८ प्रतिशत मत प्राप्त गर्दा पूर्व सैनिक अधिकृत समेत रहनुभएका बहालवाला राष्ट्रपति बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन प्रचारका क्रममा निर्वाचन प्रणालीप्रति पटकपटक आशंका ब्यक्त गर्दै आउनुभएका बोल्सोनारोले परिणाम अस्वीकार गरे थप अन्योल बढ्ने चिन्ता भएको छ । उहाँका केही मन्त्रीहरुले आज मंगलबार अबेरसम्म राष्ट्रपति बोल्सोनारोले परिणाम स्वीकार्ने बताए पनि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले भने पुनः मतदानको माग गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img