spot_img
spot_img
spot_img

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश बिजयी

spot_img

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश बिजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हराएको हो । बाग्मतीले दिएको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटाएको थियो। उसका लागि देव खनालले नटआउट ७७ रन बनाएका छन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १५४ रन बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए । त्यस्तै दुर्गेश थापाले ३२ रन बनाउँदा अशुतोष घिरियाले २२ रनको योगदान गरे । लुम्बिनीका अनिल खरेलले चार विकेट लिए । अभिषेक गौतम र विशाल बिक्रम केसीले दुईरदुई विकेट लिए । जितसँगै समूह बी को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ भने बागमतीको तेस्रो हार ब्यहोरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img