एजेन्सी । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकामाथि सहज जित निकालेको छ । बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ३३ रनको जित निकालेको हो । अष्ट्रेलियाको सिड्नीमा वर्षले प्रभावित खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १४२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिाकाले नयाँ लक्ष्य १४२ रनको पाएको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रनको योगदान गरे । त्यस्तै एडिन मार्क्रमले २० रन बनाउँदा ट्रिस्टान स्टुब्सले १८ बनाए । पाकिस्तानका शहिनशाह अफ्रिदीले तीन विकेट लिए । त्यस्तै सादब खानले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनाएको थियो । पाकिस्तानका लागि इफ्तिकर अहमद र सादब खानले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका अहमदले ५१ रन बनाए । त्यस्तै २२ बल खेलेका खानले ५२ रन बनाए । उनले २० बलमा अर्धशतक बनाएका हुन् ।
त्यस्तै मोहम्द हरिस र मोहम्द नवाजले २८–२८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि नोर्कीयाले चार विकेट लिए । जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । समूह २ मा रहेको पाकिस्तानले चार खेलमा ४ अंक जोडेको छ । पाकिस्तान समूह तेस्रो स्थानमा उक्लिएको छ । दक्षिण अफ्रीकाले चार खेलमा ५ अंक जोडेको छ । दक्षिण अफ्रीका तेस्रो स्थानमा छ । अब हुने भारत र जिम्बावेबीचको खेलमा जिम्बावेले भारतलाई हराएमा र पाकिस्तानले बंगलादेशलाई हराएमा पाकिस्तानको सेमिफाइनल सम्भावना पूरा हुनेछ ।
दक्षिण अफ्रिकामाथि पाकिस्तानको जित
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??