spot_img
spot_img
spot_img

सन्दीप लामिछाने पुर्पक्षका लागी कारागार चलान

spot_img

१८ कात्तिक, काठमाण्डौ ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । हिजो प्रतिवादी लामिछानेको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन । दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । १६ वर्षदेखि १८ वर्षमुनिका किशोरीलाई बलात्कार गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img