spot_img
spot_img
spot_img

मकालु स्वास्थ्य उपचार केन्द्र प्रा लिको आयोजनामा व्याडमिण्टन प्रतियोगिता हुने

spot_img

प्राकृतिक तथा होमियोप्याथी पद्धतीद्वारा स्पास्थ्य सेवा प्रदान गर्दैै आइरहेको मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.ले दोश्रो खुल्ला ब्याडमिण्टन प्रतियोगीता सञ्चालन गर्ने भएको छ। बुटवलमा प्राकृतिक चिकित्सा पद्धती मार्फत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको उक्त प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर समेत संचचालन गर्दै आएको छ। गत बर्ष देखि स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने अभियान सहित स्वास्थ्य प्रबद्र्धन गर्नका लागि उक्र प्रा.लि.ले ब्याडमिण्टन प्रतियोगीता सञ्चालन गर्न थालेको हो।

दोश्रो संस्करणको रुपमा संचालन हुने खुल्ला ब्याडमिण्टन प्रतियोगीतामा विजेता टीमले १० हजार रुपैया नगद र शिल्ड तथा प्रमाण पत्र पाउने छन भने उपविजेताले ५ हजार रुपैया नगद र शिल्ड र प्रमाण पत्र पाउने प्रा.लि.का प्रोप्राइटर राजु थापाले जानकारी दिनु भएको छ। यस्तै अन्तिम ४ मा पुग्ने टिमहरुले जनही २ हजार ५ सय रुपैया पाउने छन। यहि कार्तिक २६ गते शनिवार कञ्चन १ गजेडीमा रहेको अक्सफोर्ड मोर्डन ईङ्गलिस बोर्डिङ्ग स्कुलको खेलमैदानमा हुने प्रतियोगीतामा सहभागीताका लागि मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.बुटवलका प्रोप्राइटर राजु थापाले आमन्त्रण गर्नु भएको छ।
कोभिडको समयमा स्थानीय संघसंस्थाहरुसंगको सहकार्यमा चिकित्सकहरुसहितको निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको प्रा.लि.ले बिपन्न, असाहय,अपाङ्ग, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य शिविर संचालन गरी निशुल्क रोगप्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी समेत सहयोग गर्दै आएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img