१८ कात्तिक, काठमाण्डौ ।
सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे -डीडीएलजे- फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो । डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शनमा आएको हो । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रूपैयाँ राखिएको छ । मिडिया रिपोर्टका अनुसार अहिले फिल्मले थोरै फिल्म हल पाएको छ ।
जति पाएको छ, त्यसमा राम्रो व्यवसाय गरिरहेको छ । १९९५ मा ४ करोड लागतमा बनेको यो फिल्मले सो समय ८९ करोड कमाएको थियो । फिल्मको ओभरसिज ब्यवसाय मात्र १३।५ करोड रहेको थियो । १९९६ मा पनि फिल्मको राम्रो क्रेज थियो । शाहरुख र काजोल अभिनित फिल्मले १९९६ को अन्त्यसम्म २ सय करोड कमाएको थियो । २०२० सम्म आउँदा फिल्मले ४५५ करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको अहिले २७ वर्ष भएको छ । अहिले पनि यो फिल्मले दर्शक पाइरहेको छ ।
-दैनिक भास्कर