spot_img
spot_img
spot_img

इबोला प्रकोपको नियन्त्रण गर्न देशहरूलाई आर्थिक अभाव

spot_img

एजेन्सी । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगान्डाको सरकारले जनाएको छ । युगान्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसका विरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो । युगान्डाका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले बिहीबार यहाँको संसदमा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिएका हुन् ।

उनले पछिल्लो समयमा इबोलाको प्रकोपले देशको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको भन्दै यसका लागि सो रकम आवश्यक परेको र यसबाट इबोलाको औषधि उपचारका लागि अन्य स्वास्थ्य संरचनाहरु निर्माण गर्नुपर्ने अवस्था रहेको जानकारी संसदमा दिएका हुन् ।
हालैमात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम ग्याब्रेसियसले पनि युगाण्डा र यसका छिमेकी देशहरुमा इबोलाको प्रकोप बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि रकम आवश्यक रहेको जानकारी ट्वीट गरेर दिएका थिए । यसअघि युगाण्डको सरकारले पनि देशको ठूलो मात्राको बजेट इबोला नियन्त्रणका लागि खर्च भइसकेको तर अझै महामारी नरोकिएकाले ठूलो रकम आवश्यक रहेकाले सहयोगका लागि विश्व समुदायसँग आग्रह पनि गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img