४ दिन नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ । शनिबार रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसी ४ दिनसम्म सीमा नाका बन्द गरिने निर्णय गरिएको हो ।
बैठकमा सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन नियन्त्रणका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने र नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
निर्वाचनका लागि नेपाल भारत सीमा नाका ४ दिन बन्द हुने
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??