भनिन्छः राजनीतिमा कोहीपनि स्थायी शत्रु र मित्र हुँदैन । यो भनाई अहिले रुपन्देही क्षेत्र नंं ५ को निर्वाचनमा चरितार्थ भएको छ । २०७४ सालको आम निर्वाचनमा रुपन्देही ५ मा एक अर्काविरुद्ध उम्मेदवार बनेका नेताहरु यो निर्वाचनमा आफ्नै पूर्व प्रतिद्वन्द्वी भरतकुमार शाहलाई जिताउन एक भएका छन ।
यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवार बनेका माओवादीका डिलाराम आचार्य र जनता समाजबादी पार्टीका मोहम्मद वकिल मुसलमान यो निर्वाचनमा भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।
स्मरणीय छ उक्त निर्वाचनमा भरतकुमार शाह १३ हजार बढी फरक मतले जित्दै गर्दा आचार्य र मुसलमान पराजित बनेका थिए ।
संयुक्त लोकतान्त्रिक गठबन्धनमा आवद्ध विद्यार्थीहरुको शनिवार सैनामैना ६ कलौनीमा भएको भेलाको अवसरमा रुपन्देही ५ बाट नेपाली कांग्रेसका उमेदवार भरतकुमार शाह, नेकपा माओवादीका सचिव डिलाराम आचार्य र तत्कालीन जनता समाजबादी पार्टीका नेता तथा उम्मेदवार बनेका मोहम्मद वकिल मुसलमान एउटै मञ्चमा देखापर्दै पहिले आफूहरु प्रतिद्वन्द्वी भएपनि अहिले समयले एकै स्थानमा ल्याइदिएको बताए ।
आचार्य र मुसलमानले यसपटक समय र परिस्थितिले आफूहरु तीनैजनालाई एकै स्थानमा ल्याईदिएको बताउँदै निर्वाचनमा भरतकुमार शाहलाई जिताउन युवा विद्यार्थीहरुसंग आग्रह गरेका छन ।
उनीहरुले ५ क मा प्रदेश सभातर्फ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विनोद पहाडी र ख बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका फकरुद्दीन खानलाई समेत बिजयी वनाउन आग्रह गरेका छन ।
भेलालाई सम्वोधन गर्दै गठबन्धनका तर्फबाट रुपन्देही ५ का नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले यसअघि आफूसंगै निर्वाचन लडेका नेताहरु अहिले आफूलाई जिताउन जनताको घरदैलोमा सहभागी बनेको बताउँदै आफ्नो लागि यो भन्दा ठूलो सौभाग्य केही नहुने उल्लेख गर्नुभयो । उहाँले तीनजना उठ्दा १३ हजार फरक मतले जितेको स्मरण गर्दै अवको निर्वाचनमा जितको अन्तर दोब्बर वनाउने जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले यसअघि तीनैजना एक अर्काको प्रतिद्वन्द्वी रहेपनि समय र परिस्थितिले अहिले आफूहरुलाई एकै स्थानमा ल्याएको बताउँदै भरतकुमार शाहलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी वनाउन काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै संघीयसंगै प्रदेशका उम्मेदवार विनोद पहाडी र फकरुद्दीन खानलाई बिजयी वनाउनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा यसअघि शाहका प्रतिद्वन्द्वी मोहम्मद वकिल मुसलमानले अघिल्लो निर्वाचनमा आफूले १५ हजार मत ल्याएर सम्मानजनक पराजय बेहोरेको बताउदै यो निर्वाचनमा गठबन्धनका उम्मेदवारले ३० हजारको फराकिलो मतान्तरले बिजय प्राप्त गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा रुपन्देही ५ क मा गठबन्धनका उम्मेदवार माओवादीका विनोद पहाडीले गठबन्धनको जितलाई अव कसैले पनि रोक्न नसक्ने बताउँदै युवाहरुको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताउनु भयो । त्यसैगरी कांग्रेसका युवा नेता विष्णु पोखरेलले रुपन्देही ५ अहिले गठबन्धनका लागि सवैभन्दा सुरक्षित क्षेत्र भएको बताउँदै गठबन्धनका तीन उमेदवारको जीत निश्चित भैसकेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेस रुपन्देहीकी उपसभापति डा. अनिता ढुंगाना शाहले विगतमा रुपन्देही ५ मा भरतकुमार शाहको नेतृत्वमा धेरै विकासका काम भएकोले यसपटक पनि मतदाताले शाहकै नेतृत्वमा रहेको गठबन्धनको टिमलाई बिजयी वनाउने कुरामा ढुक्क रहेको उल्लेख गर्नुभयो ।
रुपन्देही ५ मा ३० हजारको फराकिलो मतान्तरले विजयी हुने गठबन्धनको दाबी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??