अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्दै जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताएका छन । सन्धिखर्कबाट झण्डै ९ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ ।
३६ सिट रहेको बसमा २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ । अहिलेका लागि हप्ताको ३ दिन बस सेवा सञ्चालन हुनेछ। सोमवार, बुधवार र शुक्रवार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधवार, शुक्रवार र आइतवार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने जनाईएको छ।
अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??