spot_img
spot_img
spot_img

‘भारत जोडो’ यात्राका क्रममा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

spot_img

एजेन्सी-
कांग्रेस पार्टीको ‘भारत जोडो’ यात्राका क्रममा मंगलबार महाराष्ट्र सेवा दलका महासचिव कृष्णकुमार पाण्डेको निधन भएको छ । कृष्णकुमार पाण्डेको हृदयघातका कारण निधन भएको हो । कांग्रेस पार्टीले विज्ञप्ति जारी गर्दै पाण्डे पदयात्राका क्रममा लडेको बताएको छ । उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । कांग्रेसका वरिष्ठ नेता तथा पार्टी महासचिव जयराम रमेशले भने, ‘भारत जोडो यात्राको ६२ औं दिनको बिहान कृष्णकुमार पाण्डे राष्ट्रिय झण्डा बोकेर दिग्विजय सिंह र मसँगै हिँडिरहेका थिए, केही मिनेटपछि उनले अर्को सहयोगीलाई झण्डा दिए र उनी गए । त्यसपछि उनी बेहोस भए र एम्बुलेन्समा अस्पताल लगिए । त्यहाँ उनलाई मृत घोषित गरियो ।’ जयराम रमेशले भने, ‘उनी कट्टर कांग्रेसी थिए र नागपुरमा आरएसएस विरुद्ध लड्ने गर्थे ।’
राहुल गान्धीले पनि कृष्णकुमार पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘कांग्रेस सेवा दलका महासचिव कृष्णकान्त पाण्डे जीको निधनले सम्पूर्ण कांग्रेस परिवारलाई धेरै दुःख लागेको छ । म उहाँका प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । आज यात्राका बेला अन्तिम समयमा उनले हातमा झण्डा बोकेका थिए । उहाँको देशप्रतिको समर्पणले हामीलाई सधैं प्रेरणा दिनेछ ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img