spot_img
spot_img
spot_img

फेसबुक कम्पनी मेटाले कर्मचारी कटौतीको तयारी गर्दै

spot_img

एजेन्सी । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले यही साता ठूलो संख्यामा आफ्ना कर्मचारी कटौतीको घोषणा गर्ने तयारी गरेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार मेटाले यही सातामा हजारौं कर्मचारीलाई कम्पनीबाट निकाल्ने तयारी गरिरहेको हो ।
अमेरिकी सञ्चार माध्यमलाई आधार मान्दै बीबीसी लेख्छ, ‘बुधबार भित्रै मेटाले ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गर्ने सम्भावना छ ।’ तेस्रो क्वार्टर रिपोर्टमा कम्पनीको आम्दानी ह्वात्तै घटेपछि मेटाले कर्मचारी कटौतीको तयारी गरिरहेको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कर्मचारी कटौतीको संकेत दिइसकेको छन् । उनले भावी दिनमा कम्पनी लगानी विस्तारमा ध्यान दिने र घटेको आम्दानीको पूर्ति कर्मचारीबाट गर्ने बताइसकेका छन् । विश्वभरका कार्यालयहरूमा गरी मेटासँग ८७ हजारभन्दा बढी कर्मचारी छन् । यो फेसबुकसहित इन्सटाग्राम र ह्वाट्सएपमा समेत गरी हो । कम्पनीको आम्दानीसँगै विश्वव्यापीरूपमा देखिएको मन्दीको संकेतका कारण कर्मचारी कटौतीको तयारी गरिरहेको बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img