spot_img
spot_img
spot_img

डोटीमा गएराति ६.६ रेक्टर स्केलको भूकम्प, ६ जनाको मृत्यु, ५ घाइते

spot_img

डोटी । गयराती डोटीमा पटकपटक भुकम्प जादा भूकम्पमा परेर ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन। साथै बेपत्ता एक जनाको खोजी भईरहेको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा एकै परिवारका ३ जनाको ज्यान गएको हो । ज्यान जानेमा उनकै ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहरा रहेका छन भने त्यही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको ज्यान गएको र बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटी प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको छ । भुकम्पको धक्का रुपन्देही लगायत तराईका पश्चिम जिल्लाहरुमा पनि महसुस गरिएको थियो । भने भारतका केही स्थानमा पनि पराकम्पन गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img