spot_img
spot_img
spot_img

दुर्गम वस्तीहरुमा जनमुक्तिको घरदैलो

spot_img

-मनजीत चौधरी

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं १९१० ले चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ । पार्टीले बिहीबार देवदहको वडा नं २ र वडा नं ६ को विभिन्न दुर्गम वस्तीहरुमा समेत घरदैलो तथा मतदाता भेटघाट सम्पन्न गरेको छ । बारम्बार एउटै पार्टी र नेताहरुलाई जिताए पनि उनीहरुले दुर्गम वस्तीका जनताको लागि केही पनि काम नगरेको स्थानीयवासीको गुनासो रहेको छ । उनीहरुले ठूला दलहरुले बारम्बार जनतालाई झुक्याएको हुँदा मंसिर ४ मा बेइमानहरुलाई पाखा लगाउने कुरामा कुनै शंका नै नरहेको ठोकुवा गरेका छन् ।
मतदाताहरुलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार प्रेम बहादुर थापाले भ्रष्टाचारले गर्दा देश दर्दनाक स्थितिमा पुगेको आरोप लगाउनुभयो। उहाँले भ्रष्टाचार निर्मूल पार्नका लागि जनमुक्तिसंग मात्र ठोस भिजन र संकल्प रहेको दाबी गर्नुभयो । भ्रष्टाचारको अन्त्य नभएसम्म देश समृद्ध नहुने बताउँदै उम्मेदवार थापाले अबको विकल्प भनेकै जनमुक्ति पार्टी रहेको दाबी गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img