spot_img
spot_img
spot_img

क्षेत्रको विकासमा स्रोतको कमि हुने छैन : घनश्याम भुसाल

spot_img

रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक पर्ने स्रोतको व्यवस्थापन आफ्नो दायित्व भएको बताए । मतदातासंग कुरा गर्दै उनले भने,”तपाईंहरूले जिताउँनुभयो भने एउटा सांसदको रूपमा मैले गर्नुपर्ने दायित्वबोध मलाई छ। यहाँको विकास स्थानीय सरकार मार्फत नै हुने हो तर त्यसलाई स्रोतको जोहो गर्ने काम मेरो हुनेछ र त्यो भुमिका मैले पूरा गर्नेछु।”

व्यक्ति शक्तिशाली हुने, व्यक्ति मोटाउने र व्यक्तिले शासन गर्ने प्रणालीको अन्त्य गर्दै देशको संविधान, ऎन कानुन र स्थानीयतहमा आउँदा यहाँका सामाजिक संघसंस्था, आमासमूह, क्लबहरू शक्तिशाली हुनुपर्ने उनको भनाइ छ।

उनी भन्छन्, “लोकतन्त्रमा जनताहरू बलिया हुनुपर्छ, जनताले बनाएका संघसंस्थाहरू बलिया हुनुपर्छ र देशमा विधिको शासन हुनुपर्छ।” गठबन्धनको घरदैलो अभियान अन्तर्गत बिहीवार तिलोत्तमाका १५,१६ र १७ तथा देवदह(१२ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए। रुपन्देही १ मा देवदह, रोहिणी, ओमसतिया र तिलोत्तमा गरि जम्मा ३३ वटा वडा रहेका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img